सांसदलाई प्रमुख तीन विद्यार्थी संगठनको पत्र

काठमाडौं, चैत्र २५ । शिक्षा ऐनको नवौं संशोधनलाई दशौं संशोधन मार्फत अविलम्ब सच्याउन माग गर्दै आएका प्रमुख तीन विद्यार्थी संगठनले संसदलाई पत्र लेखेका छन् ।

एमाले, कांग्रेस र माओवादी केन्द्र निकट क्रमशः अनेरास्ववियु, नेविसंघ र अखिल क्रान्तिकारीले शिक्षा ऐनको नवौं संशोधनमा भएको ‘त्रृटी’ लाई दशौं संशोधन मार्फत सच्याउन आग्रह गर्दै आइतबार संघीय संसदका सदस्यलाई पत्र पठाएका हुन ।

फास्ट ट्रयाकबाट शिक्षा ऐनको दशौं संशोधन ल्याई नवौं संशोधनलाई खारेज गर्न ती विद्यार्थी संगठनले सांसदहरुले पत्रमा भनेका छन् ।

नवौं संशोधनले शिक्षक लाइसेन्स लिएर शिक्षकको जागिर खाने प्रतिक्षामा बसेकालाई अन्याय गरेको ती संगठनहरुको दाबी छ ।

पत्रमा अनेरास्ववियुकी अध्यक्ष नविना लामा, नेविसंघ अध्यक्ष नैनसिंह महर र अखिल क्रान्तिकारीका अध्यक्ष रन्जित तामाङको हस्ताक्षर छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!