व्यवस्थापकको ज्यादती सहन नसकेको भन्दै १२७ कर्मचारीले दिए राजीनामा

काठमाडौं, चैत्र २५ । सांसद एवं अर्बपति विनोद चोधरीको समेत लगानी रहेको युनाइटेड इन्स्योरेन्स कम्पनी आन्तरिक विवादमा फसेको छ ।

युनाइटेड इन्स्योरेन्सको व्यवस्थापकको मनपरि र ज्यादती सहन नसकेको भन्दै १२७ जना कर्मचारीले सामुहिक राजीनामा दिएका छन् ।

नक्कली दावी गरेको २४ करोड रकम भुक्तानी गरेर विवादमा तानिएपछि युनाइटेड इन्स्योरेन्सको काम प्रभावित भएका छन् ।

युनाइटेड इन्स्योरेन्सले नक्कली दावी गरेको २४ करोड रकम भुक्तानी दिएको ठहर केही दिन अगाडिमात्रै उच्च अदालतले गरेको थियो ।

तर, कम्पनीले उल्टै कर्मचारीमाथि आरोप लगाईरहेको छ ।

‘हालसम्म यस कम्पनीका बिभिन्न शाखाका १२७ जनाले राजीनामा दिएका छन् । अहिलेको युनाइटेड इन्स्योरेन्सको नियमित काम पनि प्रभावित भएको छ ।’ राजीनामा दिएका एक उच्च कर्मचारीले भने ।

इन्स्योरेन्सको केन्द्रीय कार्यालय शाखा प्रमुख बद्री बहादुर अधिकारी, लाहान शाखाका राजेन्द्र अधिकारी, विर्तामोड शाखाका ईश्वर भट्टराई, जनकपुर शाखाका मुकेशकुमार दास र सर्लाहीका विपिन आचार्य गरी १२७ जना कर्मचरीले राजीनामा दिएका कार्यालयका एक उच्च अधिकारीले बताएका छन् ।

राजीनामा दिएको तीन महिना भइसक्दा पनि स्वीकृति गर्नुको साटो उल्टो युनाइटेड इन्स्योरेन्सले बर्खास्ती गरेको सुचना प्रकाशन गर्ने गरेको कर्मचारीको भनाई छ । प्रमुख कार्यकारी अधिकृत शेखर बरालले कर्मचारी धम्क्याउने गरेको राजीनामा दिएका कर्मचारीले आरोप लगाउँदै आएका छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!