सन्दीपले आइपीएलको पहिलो खेल खेल्न पाएनन् ?

काठमाडौं, चैत २५ । इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको ११ औं संस्करणमा दिल्ली डेयर डेभिल्सले आज पहिलो खेल खेलिरहेको छ । तर नेपाली लेग स्पिनर सन्दीप लामिछानले भने आजको खेल खेल्न पाएनन्।

दिल्ली र किंग्स इलावेन पञ्जावबीच मोहालीको आइएस बिन्द्रा स्टेडियममा खेल भइरहेको छ । तर सन्दीपले भने आज खेल्न पाएए ।

दिल्लीले चार जना विदेशी खेलाडी डेनियल क्रिस्टियन, कोलिन मुन्रो, क्रिश मोरिश र ट्रेन्ट बोल्टलाई खेलाएको छ । भारतीय स्पिनर अमित मिश्र पनि खेल्ने भएका कारण सन्दिपले मौका नपाएका हुन् ।

दिल्लीले एक मात्र स्पिनर अमित मिश्रलाई बलरका रुपमा आजको खेलमा छानेको छ । सन्दिपसँगै दिल्लीबाट अष्ट्रेलियन अलराउण्डर ग्लेन म्याक्सवेलले पनि आजको खेल खेल्ने छैनन् ।

आइपीएलको नियम अनुसार एउटा खेलमा चार जना मात्रै विदेशी खेलाडीलाई खेलाउन पाइन्छ । दिल्ली आफ्नो पहिलो खेल जितसहित शुरुवात गर्न चाहान्छ । सन्दीपलाई पहिलो खेलमा उतार्नुमा दिल्ली जोखिम उठाउन नचाहाएको विश्लेषक बताउछन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!