सातै प्रदेशका सामाजिक विकास मन्त्रीलाई काठमाडौं बोलाएर शिक्षामन्त्रीले यस्तो भने…

काठमाडौं, चैत्र २५ । सरकारले विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरण अभियानलाई सफल बनाउन प्रभावशाली संयन्त्र बनाउन प्रदेश सरकारसँग आग्रह गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आईतबार सबै प्रदेशका सामाजिक विकास मन्त्रीहरुसँग काठमाडौंमा सामूहिक छलफल गरी अभियानलाई सफल बनाउन आवश्यक संयन्त्र निर्माण गर्न आग्रह गरेको हो ।

शिक्षा मन्त्रालयमा भएको छलफलमा उनले अभियानलाई सफल बनाउन सबै प्रदेशले आफू मातहतका सबै जनप्रतिनिधि, राष्ट्रिय जीवनका व्यक्तित्व, नागरिक समाजका अगुवाहरुलाई परिचालन गर्न पनि गम्भिर ध्यानाकर्षण गराएका छन् ।

देशभरका सबै विद्यार्थीहरुलाई विद्यालय पहुँचमा पु¥याउँने उद्देश्यका साथ सरकारले आगामी बैशाख २ गतेदेखि विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक अभियान संचालन गर्र्दैछ ।

सोही अभियानलाई सफल बनाउन मन्त्री पोखरेलले सम्बन्धित प्रदेशका सामाजिक विकास मन्त्रीहरुसँग सामूहिक छलफल गर्दै सबै विद्यार्थीहरुलाई विद्यालयको पहुँच ल्याउन अभियान संचालन गर्न लागिएको पनि स्पष्ट पारे ।

मन्त्री पोखरेलले एक वर्ष भित्र अनिवार्य शिक्षा ऐन निर्माण गरी विद्यालय नपठाउने अभिभावकलाई समेत कार्वाही गर्ने कानुनी व्यवस्था गर्ने चेतावनी पनि दिए ।

सरकारले ५ महिना भित्र संघीय शिक्षा ऐन निर्माण गर्ने योजना पनि बनाएको छ । मन्त्री पोखरेलले संवैधानिक व्यवस्था अनुसार सबै तहको अधिकार र कर्तव्य स्पष्ट उल्लेख हुनेगरी संघीय शिक्षा ऐन निर्माण हुने पनि स्मरण गराए ।

कार्यक्रममा बोल्दै प्रदेशका सामाजिक विकास मन्त्रीहरुले जनशक्तिको उचित व्यवस्थापन गरेर शैक्षिक अभियानलाई प्रभावकारी बनाउन सुझाव दिए ।

प्रदेश नम्बर ७ का सामाजिक विकास मन्त्री दीर्घ सोडारीले जनशक्ति व्यवस्थापन नभई सरकारले तय गरेका अभियानलाई संचालन गर्न कठिनाई हुनेतर्फ मन्त्री पोखरेलको गम्भिर ध्यानाकर्षण गराए ।

कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले मुलुक संघीय शासनमा प्रवेश गरेपनि सोही अनुसार प्रशासनिक संयन्त्र बनाउन ढिलाई गर्न नहुनेमा जोड दिए ।

प्रदेशका सामाजिक विकास मन्त्रीहरुले शैक्षिक क्षेत्रको उत्थानका लागि आवश्यक बजेटको व्यवस्था गर्न पनि मन्त्री पोखरेलसँग आग्रह गरेका थिए । रातोपाटीबाट

कमेन्ट गर्नुहोस्

error: Content is protected !!