गृहमन्त्री बादलले कारागार अवलोकन गर्दै भने– ‘जेल सानो नेपाल हो’

राजेन्द्र आचार्य

चितवन । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले जेल सानो नेपाल भएको बताएका छन् ।

‘जेल सानो नेपाल हो उनले भने बाहिर जो समस्या छ, त्यो जेलमा पनि, त्यो सुधार गर्ने पद्धति बसाउने हामी लागेका छौँ ।’

गृह जिल्ला चितवनमा गृहमन्त्री भएपछि पहिलो पटक जिल्लामा आएका उनले चितवन जिल्ला कारागारको अवलोकन गर्दै जेलभित्र शोषण र अपराध नहोस् भनेर नयाँ योजना नीति बनाउन आफूहरु लागिपरेको बताए ।

आफू पनि चितवनको यही जेलमा ६ महिना बसेको स्मरण गर्दै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले जेलभित्रका समस्या थाहा भएको भन्दै जेल सुधार कार्यक्रम लागू गर्ने बताएका छन् ।

नयाँ सरकारले अपराधीलाई जेल कारागारमा आएर सोच चिन्तन बदल्ने सुधार गृहको रुपमा विकास गर्ने विभिन्न योजनाहरु बनाई राखेको बताए । ‘जेलमा दुईथरिका कैद छन् उनले भने एउटा अपराध गरेर, फसाईएका बन्दी छन्, विभिन्न कारण नेपालका जेलमा पाइन्छ, जेल कारागारलाई सरकार र राज्यले सुधार गरेर सम्म नागरिक बनाउने तर्फ अग्रसर गराउछ ।’

जनताले जनताको नयाँ सरकार पाएको जिकिर गदै गृहमन्त्री बाददले अधिकतम ४० प्रतिशत सजाय भोगेका कैदीवन्दीलाई मुक्र गर्ने ऐन संशोधन बारे गृह कार्य गरेको खुलासा समेत गरेका छन् ।

साथै सरकारले कैदीबन्दीको सिदा वृद्धिको निर्णय गरिसकेको जानकारी दिँदै मुलुकभरमा रहेका १९ हजार कैदीबन्दीको सिदा वृद्धि गर्न समस्या नहुने समेत स्पष्ट पारेका छन् ।

उनले कैदीबन्दीलाई समयमै उपचारसँगै कामसित जोड्ने, उद्योग व्यवसायमा सलंग्न गराउने बारेमा विभिन्न योजनाहरु छिट्टै सार्वजनिक गर्ने घोषण पनि गरे ।

सोही अवसरमा गृहमन्त्री बादललै झण्डै आधा घण्टा बढी कारागारको स्थलगत अवलोकनसँगै कैदीबन्दीका समस्याहरु बारेमा जानकारी लिएका थिए ।

 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!