१ बजेको नेप्सेको अपडेटः परिसूचक १.५९ प्रतिशतले बढ्यो

काठमाडौं । साताको पहिलो दिन नेप्से कारोबार भएको दोस्रो घण्टाको अवधिमा नेप्से परिसूचक १ दशमलव ५९ प्रतिशत बढेको छ ।

यस समयमा १९ दशमलव ९३ अङ्क बढेर १ हजार २ सय ७० दशलमव ३२ विन्दुमा पुगेको छ । कारोबार भएका १ सय ५६ कम्पनीको रू। ३३ करोड ५४ लाख बराबरको शेयर कारोबार भएको छ ।

कारोबार भएका १० समूहको परिसूचक बढेपछि नेप्से परिसूचक बढेको हो । लघुवित्त समूहको परिसूचक ४ दशमलव २८ प्रतिशत र बीमा समूहको परिसूचक २ दशमलव ५५ प्रतिशतले बढेको छ । आर्थिक अभियान दैनिक

कमेन्ट गर्नुहोस्

error: Content is protected !!