नेप्सेको ताजा अपडेटः एकघण्टामा १३० कम्पनीको १४ करोड कारोबार

काठमाडौं । साताको पहिलो दिन नेप्से कारोबार भएको एक घण्टाको अवधिमा १ सय ३० कम्पनीको रू. १४ करोड ५६ लाख बराबरको शेयर कारोबार भएको छ ।

कारोबार शुरु भएदेखि बढेको बजार आधा घण्टामा १ हजार २ सय ६९ विन्दुमा पुगेको थियो । एक घण्टासम्म पुग्दा २ दशमलव ८७ अङ्क बढेर १ हजार २ सय ५३ दशमलव २६ विन्दुमा पुगेको छ । नेप्से परिसूचक शून्य दशमलव २३ प्रतिशत बढेको छ ।

कारोबार भएका ९ समूहको परिसूचकमा विकास बैङ्कको परिसूचक बोहक बाँकी सबै समूहको परिसूचक बढेको छ । उत्पादन तथा प्रशोधन समूहको परिसूचक स्थिर रहेको छ । आर्थिक अभियान दैनिकबाट 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!