सुपरस्टार सलमानको पहिलो हिरोइन रेनु आर्या २७ वर्षदेखि गुमनाम

अाखिर किन यसरी गुमनाम भइन् त रेनु ?

मुम्बई । बलिउड अभिनेता सलमान खान यतिबेला चलचित्रका कारण नभई दुलर्भ जनावर कृष्णसार (कालो हरिण) प्रकरणमा चर्चामा छन् । दुई दिन जेल बसाईपछि शनिबार मात्रै उनी जमानतमा रिहा भएका छन् ।

२० वर्ष पहिलो फिल्म शुटिङको क्रममा जोधपुरमा कालो हरिण मारेको मुद्दामा सलमान खानलाई बिहीबार जोधपुर अदालतले उनलाई पाँच वर्ष कैद सजाय र १० हजार रुपैयाँ जरिवाना तोकेको थियो । तर, उनका वकिलको अपीलमा भएको बहसमा न्यायाधिश रविन्द्रकुमार जोशीको आदेशमा उनी शनिबार ५० हजार भारतीय रुपैया धरौटीमा रिहा भएका छन् । तर उनी अदालतको अनुमति विना देश बाहिर भने जान पाउने छैनन् ।

१९८८ मा चलचित्र ‘बीबी हो तो ऐसी’ बाट डेब्यू गरेका सलमान तीन दशकदेखि बलिउडमा क्रियाशील छन् ।

तर धेरै दर्शकलाई थाहा छैन कि बलिउड क्षेत्रमा उनको पहिलो हिरोइन रेनु आर्याका बारेमा । सलमानको डेब्यू चलचित्र ‘बीबी हो तो ऐसी’ को रिलिज भएको ३० वर्ष भएका छन् ।

जसमा उनको पहिलो हिरोइनको भूमिका रेनुले गरेकी थिइन् । तर, आज रेनु कहाँ छन् र के गर्दैछन् यसबारे कसैलाई थाहा छैन । चार वर्षमा केही चर्चित फिल्ममा काम गरेकी अभिनेत्री रेनु भने अहिले गुमनाम छन् ।

‘बीबी हो तो ऐसी’ नै अभिनेत्री रेनुको पनि डेब्यू फिल्म थियो । बलिउडमा उनले पनि १९८८ बाटै करियर शुरु गरेकी थिइन । पछि उनले ‘चाँदनी’, ‘बञ्जारन’, र ‘जंगबाज’ जस्ता चर्चित फिल्ममा काम गरिन । तर त्यसपछि भने रेणु गुमनाम छन् । उनकी अन्तिम फिल्म १९९१ मा निर्माण भएको बंजारन थियो ।

केही वर्षपहिले सलमानले एक अन्तर्वार्तामा भनेका थिए, ‘मैले केही समय पहिला रेनुसँग एक फ्लाइटमा भेटेको थिएँ । तर त्यसपछि भने उनका बारेमा केही जानकारी छैन ।’

सलमान खानले भने– ‘रेनु त्यो समयमा यति धेरै परिवर्तन भएकी थिइन् उनलाई चिन्न मलाई निकै मुश्किल भएको थियो । सायद चलचित्र क्षेत्रमा कसैले पनि उनलाई खोज्ने प्रयास गरेनन् ।’

चलचित्रमा रेनु छोटो भूमिकामा खेल्ने गरेकी थिइन् । भन्ने हो भने त, उनी सलमान खान, रेखा र फारुख शेख जस्ता कलाकारबाहेक श्रीदेवी, ऋषि कपुर र विनोद खन्नासँग समेत काम गरिसकेका छन् ।

तर उनले सफलता भने पाउन सकेनन् । जुन सफलता उनलाई चाहिएको थियो । त्यसपछिका दिनदेखि उनी चलचित्रमै देखा परिनन् । अहिले उनी कहाँ छिन्, के गर्दैछिन् त्यो कसैलार्इ कुनै खबरसम्म पाउन सकेनन् ।

हेर्नुहोस् अभिनेत्री रेनु अार्या र सलमान खान एकसाथ काम गरेका चलचित्रका केही झलहरु-

कमेन्ट गर्नुहोस्

error: Content is protected !!