साउथ चलचित्रका सुपरस्टार अलु अर्जुन ३५ वर्षमा प्रवेश

यी सुपरस्टार बाल्यकालदेखि अहिलेसम्म उस्तै देखिन्छन्

मुम्बई-हैदरावाद । साउथ चलचित्रका सुपरस्टार अलु अर्जुन ३५ वर्षमा प्रवेश गरेका छन ।

उनको जन्म ८ अप्रिल १९८३ को चेन्नईमा भएको थियो । अलुले बतौर चाइल्ड आर्टिस्ट चलचित्रबाट करियर शुरु गरेका थिए । २००३ मा पहिलो चलचित्र ‘गंगोत्री’ मा उनले बतौर लीड एक्टर चलचित्रमा कदम राखेका थिए ।

तेलुगु चलचित्र (टालीबुड) मा रोमान्टिक इमेज देखिन अलु अर्जुनले ६ मार्च २०११ को हैदरावामा स्नेहा रेड्डीसँग विवाह भएका थिए । २०१६ मा अलु गुगलमा सबैभन्दा धेरै सर्च गर्ने व्यक्ति टालीबुड स्टार पनि बने ।

फोर्ब्स इण्डियाका सेलिब्रेटी लिस्ट २०१६ मा ४२ औं पोजिशन पाएको थियो । अलु वेटरन एक्टर चिरञ्जीवीका भान्जा हुन् ।

उनकी आमा निर्मला चिरञ्जीवीकी बहिनी हुन् । यो सम्बन्धबाट अलु चिरञ्जीवीको छोरा रामचरण तेजाका भाई पर्छन् ।
अलु स्नेहाको दुई सन्तान छन्– छोरा अलु अयान र छोरी अलु अरहा ।

अलुले २००३ मा आएको पहिलो चलचित्र ‘गंगोत्री’ बाट डेब्यु गरेका थिए । यसको अलावा उनले ‘आर्या’ २००४, बन्नी २००५, हैप्पी (२००६) देसमुदुरु (२००७), आर्य २ (२००९), वारुद (२०१०), बद्रीनाथ (२०११), सराइनोडु (२०१६) सहित थुप्रै चलचित्रमा काम गरिसकेका छन् ।

 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!