एका बिहानै विराटनगरमा गोली चल्यो, आचार्य श्रीनिवास घाइते

विराटनगर, चैत २५ । विरानगरको जतुवामा आइतबार बिहानै गोली प्रहार भएको छ । बिहान पौने तीन बजे नचिनेका मानिसको समूहले चलाएको गोली लागेर हिन्दु राष्ट्रको पक्षमा बोल्दै आएका आचार्य श्रीनिवास घाइते भएका छन् ।

जतुवामा बस्दै आएका आचार्य श्रीनिवासमाथि गोली प्रहार भएको हो । अज्ञात समूहले तीन राउण्ड गोली प्रहार गरेकोमा एउटा गोली श्रीनिवासको छातीमा लागेको छ ।

उनको अहिले विराटनगर स्थित न्युरो अस्पतलामा उपचार भइरहेको छ । उनको अवस्था बारे विस्तृत विवरण आएको छैन । जतुवामा आइतबारदेखि सुरु हुने श्रीमद भागवत सप्ताहको तयारी भइरहेका बेला आचार्य श्रीनिवासमाथि गोली प्रहार भएको हो ।

केही दिन अघि रामनवमीको अवसरमा आचार्य श्रीनिवासलाई भेट्न पूर्वराजा विराटनगरमा रहेको राम मन्दिर गएका थिए । बिहान सौच गर्न निश्किएका बेला गोली प्रहार भएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!