सन्दीप लामिछानेले रहेको दिल्लीले अाज पञ्जाबसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं, चैत २५ । नेपालका युवा बलर सन्दीप लामिछानेले यो सिजनको आईपीएल खेल्दैछन् ।

दिल्ली डेयरडेभिल्समा आवद्ध भएका सन्दीप आईपीएल खेल्ने पहिलो नेपाली क्रिकेट खेलाडी हुन् । सन्दीप आईपीएल खेल्न गत मार्च २७ तारिखमा दिल्ली गएका थिए ।

सन्दीप रहेको दिल्लीले किंग्स इलाभेन पञ्जाबसँग आइतबार मोहलीमा दिउँसो ४ बजे प्रतिस्पर्धा गर्दैछ ।

यसअघि हिजाे भएकाे खेलमा महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नई सुपर किंग्सले विजयी सुरुवात गरेको छ । राति सकिएको उद्घाटन खेलमा साविक बिजेता मुम्बई इन्डियन्सलाई १ विकेटले हराउँदै चेन्नई ले विजयी सुरुवात गरेको हो ।

वानखडे रंगशालामा रोहित शर्माको कप्तानीमा रहेको मुम्बईले दिएको १६६ रनको लक्ष्य चेन्नईले एक बल बाँकी हुँदा ९ विकेट गुमाएर पुरा गर्यो । चेन्नईको जितमा ड्याने ब्राभोले ६८ रनको अर्धशतकीय पारी खेले । त्यस्तै केदार जादबले अविजित २४, अम्बाती रायडुले २२ तथा सेन वाट्सनले १६ रन जोडे । मुम्बईका मायांक मार्कन्डे र हार्दिक पाण्डयले समान ३ – ३ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ्ग गरेको मुम्बईले पुरै २० ओभर खेल्दै ४ विकेटको क्षतिमा १६५ रन जोडेको थियो । मुम्बईको लागि सुर्य कुमार यादवले ४३ रन जोड्दा कुर्नाल पाण्डयले अविजित ४१ रन जोडे । यस्तै इशान खानले ४०, हार्दिक पाण्डयले अविजित २२ तथा कप्तान रोहित शर्माले १५ रन जोडेका थिए । चेन्नईका लागि शेन वाट्सनले २ विकेट लिए ।

जितसँगै चेन्नईले लिगमा २ अंक जोडेको छ । जितपछि चेन्नईले प्ले अफमा पुग्ने सम्भावना कायम राखेको छ । आईपीएलको संस्करणमा ८ टिमको सहभागिता रहेको छ । होम एण्ड अवेको आधारमा सञ्चालन हुने आईपीएलमा साविक बिजेता मुम्बई इन्डियन्स, चेन्नई सुपर किंग्स, सनराइजर्स हैदराबाद, रोयल च्यालेन्जर्स बेंगलोर, कोलकोता नाइट राइडर्स, दिल्ली डेयरडेभिल्स, राजस्थान रोयल्स र किंग्स इलाभेन पञ्जाब छन् ।

नेपालका युवा बलर सन्दीप लामिछानेले पनि यो सिजनको आईपीएल खेल्दैछन् । दिल्ली डेयरडेभिल्समा आवद्ध भएका सन्दीप आईपीएल खेल्ने पहिलो नेपाली क्रिकेट खेलाडी हुन् । सन्दीप आईपीएल खेल्न गत मार्च २७ तारिखमा दिल्ली गएका थिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!