बुटवलको भाटभटेनीमा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी

बुटवल, चैत २५ । बुटवलमा रहेको भाटभटेनी सपिङ कम्प्लेक्समा भीषण आगलागी भएको छ ।

बिहान ४ बजेबाट आगलागी शुरु भएको हो । आगलागी नियन्त्रणको प्रयास भइरहेको छ ।

भाटभटेनी सपिङ कम्प्लेक्सको पाँचौ तलाको ईलेक्ट्रोनीक्स कक्षबाट आगलागी शुरु भएको बताइएको छ ।

बुटवल उपमहानगरपालिका र सिद्धार्थनगर नगरपालिकाको २ वटा दमलले आगो नियन्त्रणको प्रयास गरिरहेको छ ।

आगो नियन्त्रणका लागि नेपाल प्रहरी र नेपाली सेना परिचालन गरिएको छ ।

बिहान स्थानीयले आगलागी भउको देखेपछि प्रहरीलाई खबर गरेका थिए । आगलागीका कारण वरीपरिका स्थानीय समेत त्रसित बनेका छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!