इयुकाे धर्म निरपेक्षताको नाममा हिन्दुधर्म समाप्त पार्ने खेल भयो : अध्यक्ष थापा

बर्दिबास, चैत २५ । राप्रपाका अध्यक्ष कमल थापाले नेपालको कुनै पनि आन्दोलनको एजेण्डा धर्म परिवर्तन नभएको बताएका छन् ।

महोत्तरीको भंगहा नगरपालिका–७ मेघरौलमा शनिबार आयोजित श्री श्री १०८ श्री महावीर झण्डा मेलालाई उद्घाटन गर्दै उनले पश्चिमी मुलुका दलालहरुको इशारामा केही व्यक्ति र दलले निहित स्वार्थका लागि नेपालको हिन्दु धर्ममाथि प्रहार गरेको उल्लेख गरे ।

उनले २०६२/६३ को आन्दोलन पछि नेपाली जनताले अपेक्षा नै नगरेको कुरालाई केही दल र नेताले धर्म निरपेक्षताको नाममा हिन्दु धर्म समाप्त पार्ने खेल खेलिरहेको आरोप लगाए ।

अध्यक्ष थापाले हिन्दु धर्मको विरुद्वमा विभिन्न भ्रमहरु फैलाउँदै पैसा, पहुँच र विभिन्न लोभ लालचमा पारेर धर्म परिवर्तन गराउने काम भैरहेको हुंँदा त्यसबाट सम्पूर्ण हिन्दु धर्मावालम्बी एक जुट भई सचेत हुनुपर्ने बताए । उनले हिन्दु सनातन धर्म परिवर्तन गर्दैमा आर्थिक उन्नती हुन्छ, भन्ने भ्रम फैलाइएको हुँदा त्यसको पछि नलाग्न आग्रह पनि गरे ।

झण्डा मेला आयोजक समितिका अध्यक्ष विष्णु देवसिंहको अध्यक्षतामा भएको कार्यक्रममा भंगहा नगरपालिकाका विभिन्न संघ संस्थाका, राजनितिक दलका प्रतिनिधि र स्थानीयबासीको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!