बागलुङमा चट्याङले ५ जना घाइते ३ को अवस्था गम्भीर

बागलुङ, चैत २४ । शनिबार दिनभरी परेको पानीसँग साँझ सात बजे चट्याङ परेर एकै घरमा रहेका पाँच जना घाइते भएका छन् ।

बडीगाड गाउँपालिका वडा नं ६ घ्वाङमा चट्याङ परि वर्ष ३६ की गंगा थापा, १४ वर्षिया सविना थापा १४ बर्षकै भूमि सिँजाली, वर्ष १२ की लक्ष्मी माकिम र वर्ष १५ की गीता माकिम घाईते भएको ईलाका प्रहरी कार्यालय भिमगिठेले जनाएको छ ।

घाईतेमध्ये गम्भीर अवस्थाका गंगा थापा, सविना थापा र भुमि सिँजालीलाई थप उपचारका लागि पोखराको गण्डकी अस्पतालमा रिफर गरिएको छ ।

याे पनि पढ्नुस  चट्याङ लागेर रुकुम पश्चिममा ९ जना गम्भीर घाइते

चट्याङबाट घाईते बनेका लक्ष्मी माकिम र गीता माकिमको खारबजार स्थित बडीगाड अस्पतालमा उपचार भैरहेको बताएको छ । मोबाईल चलाईरहेको बेला घरमा चट्याङ परेको बताएको छ ।

चट्याङपछि सो क्षेत्रमा विद्युत सेवा बन्द भएको छ भने चट्याङ परेको घर नजिकका नरबहादुर सिँजाली, कुमबहादुर सिँजाली र गंगा थापाको घरहरुलाई चट्याङले घरमा क्षेती पुराएको स्थानीयले बताएका छन् ।

ती सबै घरका विद्युत मिटर जलेको बताईएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!