प्रधानमन्त्री टुडोद्वारा शोक व्यक्त

क्यानडा, चैत २४ । क्यानडाका प्रधानमन्त्री जस्टिन टुडोले प्रसिद्ध ‘हम्बोल्ट ब्रोन्कोस जुनियर हकी’ समूहका १४ खेलाडीको सडक दुर्घटनाबाट मृत्यु भएकप्रति शोक व्यक्त गर्दै उक्त खबरले आँफूलाई मर्माहित तुल्याएको बताउनुभएको छ ।

शनिबार ट्वीटर सन्देश लेख्दै प्रधानमन्त्री टुडोले भन्नुभएको छ, “सडक दुर्घटनामा परी मृत्यु हुने खेलाडीका अभिभावकले यस दुःखद् खवरलाई कसरी सामना गर्नुभयो मैले कल्पनासम्म पनि गर्न सकिरहेको छैन । यस दुखद् घटनामा म सम्पूर्ण मृतक खेलाडीका अभिभावक, आफन्तजन तथा शुभचिन्तकप्रति सहानुभूति व्यक्त गर्न चाहन्छु ।”

जुनियर क्रिबेट समूह बोकेको बसलाई क्यानडाको राजमार्ग ३५ मा स्थानीय समय अनुसार शुक्रबार साँझ ६ बजे दक्षिणपश्चिमी प्रान्त तिस्देलमा ठक्कर दिँदा बसमा यात्रारत १४ जनाको मृत्यु भएको थियो । उक्त दुर्घटनामा १६ देखि २१ बर्ष समूहका हकी खेलाडीसहित उक्त खेलसँग आवद्ध अन्य १४ जना घाइते भएका थिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!