क्यानडामा बस दुर्घटना: १४ खेलाडीकाे मृत्यु

काठमाडौं, चैत २४ । क्यानडाको जुनियर आइस हक्की टिम सवार बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ ।

सस्केचवन प्रान्तमा हमबल्ट ब्रोन्स्को क्लबका खेलाडी चढेको बस शुक्रबार साँझ लरीसँग ठोक्किँदा चालकसहित बसमा रहेका १४ जनाको मृत्यु भएको रोयल क्यानिडियन माउन्टेड प्रहरीले जनाएको छ ।

सस्केचवन जुनियर हकी लिगअन्तर्गत् निपविन हक्सविरुद्ध खेल्न खेलाडीसहित २८ सदस्य टोली बसमा रहेका थिए ।

जसमा चालकसहित १४ जनाको मृत्यु भएको र बाँकी १४ जना घाइते भएका छन् । त्यसमध्ये तीनजनाको अवस्था गम्भीर छ ।

दुर्घटनामा पर्नेमा १६ देखि २१ वर्षका खेलाडी रहेको त्यहाँको प्रहरीले जनाएको छ ।

क्यानडियन प्रधानमन्त्री जस्टिन ट्रयुडोले घटनाप्रति दुःख व्यक्त गर्दै खेलाडीका अभिभावक, क्लब तथा पीडित सबैमा समवेदना प्रकट गरेका छन्

कमेन्ट गर्नुहोस्

error: Content is protected !!