वैशाख ९ गते खुलामञ्चबाट पार्टी एकताको घोषणा हुन्छ : नेपाल

काठमाडौं, चैत्र २४ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले वैशाख ९ गते एमाले र माओवादीबीचको एकीकण निश्चित भइसकेको बताएका छन् ।

कम्युनिस्ट नेता लेनिनको जन्मदिन अर्थात अप्रिल २२ का दिन पारेर पार्टी एकीकरण गर्ने तयारीमा रहेको एमाले र माओवादी पर्वत काठमाडौं सम्पर्कमञ्चले आयोजना गरेको कार्यक्रममा बताएका हुन् ।

उनले राजनीतिक प्रतिवेदन र सांगठनिक प्रतिवेदन पार्टी एकीकरण संयोजन समितिलाई बुझाइसकेको नेपालले बताए । ‘दुई पार्टी एकीकरणका लागि लगभग तयारी पूरा भएको छ। कुनै अफवाह र हल्लाका पछाडी नलाग्नुस्, उनले भने, ‘केही प्रवाधिक विषय मात्रै मिल्न बाँकी हो ।’

उनले वैशाख ९ गते दुई पार्टीका लाखौं नेता कार्यकर्तालाई टुँडिखेलमा हुने एकीकरणमा सहभागी हुन आह्वान गरे । ‘पार्टीको एकीकरणको एेतिहासिक कार्यक्रम लाखौंको उपस्थितिका साथ टुँडिखेलमा हुँदैछ,’ उनले भने, ‘कुनै आशंका नगरी सबैलाई उपस्थित आग्रह गर्दछु ।’

कमेन्ट गर्नुहोस्

error: Content is protected !!