शक्तिशाली पुटिनमाथि चौतर्फी कूटनीतिक दबाब

काठमाडौं । गएको मार्च १९ मा रुसको राष्ट्रपति पदमा पुनः वर्तमान राष्ट्रपति भ्लादिमिर पुटिन नै निर्वाचित भएको समाचार आयो । यो समाचारले लभगभ विश्वमै चर्चा पायो । गएको करीब दुई दशकदेखि शक्तिको केन्द्रमै रहेका उहाँ फेरि राष्ट्रपतिमा निर्वाचित हुनुभएको समाचारले संसारमै चर्चा पाउनु कुनै नौलो थिएन । यसले रुसका साझेदार र विश्वका शक्ति राष्ट्रमा पनि थप सन्देश दियो ।

तर पनि उहाँको जितपछिको यो शक्तिशाली समाचारसँगै रुसमाथि कूटनीतिक चुनौती बढेको अर्काे समाचार पनि त्यसैगरी फैलिइरहेको छ । यो अर्काे एक अन्तर्राष्ट्रिय प्रमुख समाचारका रुपमा विश्वका सञ्चारमाध्यममा छाएको छ । रुसका कूटनीतिज्ञलाई विश्वका विभिन्न देशले फिर्ता गरेपछिको समाचार हो त्यो जसले पुटिनको जितपछि आजका दिनसम्म पनि रुसलाई झस्काएको छ ।

पुटिनले ७६ प्रतिशत मतले अर्काे कार्यकालका लागि निर्वाचित हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वीको तुलनामा निकै नै बढी मत ल्याई चौथो पटक रुसको राष्ट्रपति बन्नु भएका पुटिनलाई विश्वकै नेताहरुले बधाई त दिए तर त्यससँगै कूटनीतिक चुनौतीहरु पनि थपिदिए । उनीहरुले रुसी कूटनीतिज्ञलाई देश निकाला गरेर चुनौती थपिए र राम्रोसँग उहाँको चौथो कार्यकालको सुरुवातको खुसियाली पनि मनाउन दिएनन् ।

सन् १९९९ देखि नै रुसको राष्ट्रपतिका रुपमा देशको नेतृत्व गर्दै आउनुभएका पुटिनले सन् २०१२ को तुलनामा पनि बढी प्रतिशत मत प्राप्त गरी रुसभित्रै पनि यसअघिका चुनावको तुलनामा बढी नै लोकप्रियता कमाउनु भएको उहाँका समर्थकको भनाइ छ ।

सन् १९९९ देखि नै रुसको राष्ट्रपतिका रुपमा देशको नेतृत्व गर्दै आउनुभएका पुटिनले सन् २०१२ को तुलनामा पनि बढी प्रतिशत मत प्राप्त गरी रुसभित्रै पनि यसअघिका चुनावको तुलनामा बढी नै लोकप्रियता कमाउनु भएको उहाँका समर्थकको भनाइ छ । तर आफ्नो प्रतिद्वन्द्वीका तुलनामा ठूलो मतान्तरमा भएको उहाँको यो विजय भने अनुसान्धानको विषय भएको उहाँका विपक्षीहरुको भनाइ रहेको छ ।

उहाँको विजयको समाचारको लगभग सँगसँगै जस्तोगरी अमेरिकाले रुसी कूटनीतिज्ञलाई देश निकालाको आदेश दिएको दियो । यो आदेशले विश्वमा नै रुसलाई ठूलो चोट पुग्यो । तर त्यतिमा मात्र सीमित नरहेर अरू देशले पनि अमेरिकाको सिको गरे र उनीहरुले रुसका कूटनीतिज्ञहरुलाई निकाला गर्ने प्रक्रियाको शुरुवात गरे ।

बेलायतले एक जना पूर्वरुसी गुप्तचर कर्मचारीमाथि मस्तिष्कमा नै असर पार्ने खालको विषाक्त प्रकृतिको वस्तुको प्रयोग गरी हत्या प्रयास गरेको आरोपमा रुसी कूटनीतिज्ञलाई निकाला गरेको थियो । यसको सिको छिट्टै नै अमेरिकाले ग¥यो । अमेरिकाको सियाटलस्थित रूसी महावाणिज्यदूतावासमा कार्यरत ६० जना रुसी कूटनीतिज्ञलाई देश छोड्न आदेश दिएको थियो । एकजना बृटिश गुप्तचरलाई विषाक्त रासायनिक पदार्थ सेवन गराएर हत्या प्रयास आरोपमा अमेरिकाले रुसी नागरिकलाई देश निकालाको घोषणा गरेको थियो ।

ट्रम्प प्रशासनले यसबारे रूसलाई जानकारी दिई एक हप्ताभित्र अमेरिका छोड्नुपर्ने सूचना जारी ग¥यो र उनीहरुले छोडे पनि । अमेरिकामा रहेका ६० जना कूटनीतिज्ञले त्यति नै संख्याका अमेरिकी कूटनीतिज्ञलाई रुसले पनि निकाला गरेको छ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका विरुद्धमा हालको अमेरिकी प्रशासनले गरेको यो अहिलेसम्मकै सबैभन्दा कडा निर्णय भएको अन्तर्राष्ट्रियजगत्को ठम्याइ छ । अमेरिका, बेलायत र क्यानाडाले ती देशमा अनावश्यक विषय र अवस्थामा जासुसी गरेको आरोप लगाएर केही रुसी कूटनीतिज्ञलाई देशनिकाला गरेका थिए । जर्मनी र फ्रान्सले पनि नै चार–चार जना रूसी अधिकारीलाई फिर्ता पठाउने निर्णय गरेका थिए ।

रुसले आफ्नो देशका विरुद्धमा भएका यी आफूहरुलाई एक्लाउने क्रियाकलापको जवाफ उचित समयमा उचित रुपमा दिइने बताउँदै आएको छ ।

यस प्रकार रुसी कूटनीतिज्ञलाई देश निकाला गर्ने अभियान बेलायत र अमेरिका मात्र नभई युरोपमा पनि सरेको छ । यसैगरी युरोपेली युनियनका सदस्य अन्य १४ राष्ट्रले पनि क्रमशः रूसलाई एक्लाउने नीतिअनुरूप कडा कदम चाल्न सहमत भएका छन् । यस विषयमा प्रतिक्रिया दिँदै रुसले आफ्नो देशका विरुद्धमा भएका यी आफूहरुलाई एक्लाउने क्रियाकलापको जवाफ उचित समयमा उचित रुपमा दिइने बताउँदै आएको छ ।

अमेरिका र युरोपका केही देशहरुले रुसी कूटनीतिज्ञलाई देश निकाला गरिरहेको अवस्थामा यस्तो मुलुकको सूचीमा पछिल्लो समयमा अष्ट्रेलियासमेत थपिएको छ । अष्टे«लियाले पनि दुई जना रुसी कूटनीतिज्ञलाई निकाला गर्ने आदेश दिएको थियो । उनीहरुले ती कूटनीतिज्ञलाई आफँै देश छोड्न आदेश दिँदै सार्वजनिक सूचना नै प्रकाशन गरेका थिए ।

यसरी यतिखेर विश्वमा नै रुसी कूटनीतिज्ञहरुलाई देश निकाला गर्ने होडबाजी नै चलेको छ । यसले रुसमाथि विश्वकै कूटनीतिक दबाब थपेको मात्र नभएर विश्व समुदायमा उसको बदनाम गरेको रुपमा पनि रुसले लिएको छ । त्यसैले समय समयमा राष्ट्रपति पुटिनले आफूमाथि विश्वका देशहरुले गरेको यो व्यवहारको जवाफ उचित समयमा उचित रुपमा दिइने पनि बताउनुभएको छ ।

शीतयुद्धको शुरुवातस्वरुप अमेरिकाबाट रुसी कूटनीतिज्ञहरु फर्किंदै गर्दा यता रुसको सेन्ट्पिटस्बर्गस्थित अमेरिकी कन्सुलेट कार्यालय पनि बन्द गर्न रुसी सरकारको निर्देशन दिएपछिको अवस्थाको विश्लेषणमा जानकारहरुले यसलाई शीतयुद्धको संज्ञा दिने गरेका हुन् ।

उता रुसका विरूद्धमा चालिएको यो पछिल्लो कदम र रुसले गरेको ‘जवाफी फायरिङ’ लाई कतिपय विश्लेषकले शीतयुद्धकालीन समयको संज्ञा पनि दिएका छन् । यसप्रकार रुसको अमेरिका, बेलायत, अष्टे«लिया लगायतका देशहरुसँग एक किसिमको शीतयुद्ध नै शुरु भएको जस्तो पनि देखिएको छ । शीतयुद्धको शुरुवातस्वरुप अमेरिकाबाट रुसी कूटनीतिज्ञहरु फर्किंदै गर्दा यता रुसको सेन्ट्पिटस्बर्गस्थित अमेरिकी कन्सुलेट कार्यालय पनि बन्द गर्न रुसी सरकारको निर्देशन दिएपछिको अवस्थाको विश्लेषणमा जानकारहरुले यसलाई शीतयुद्धको संज्ञा दिने गरेका हुन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!