बलिदानको आन्दोलनमा स्वास्थ्यकर्मीको भूमिका महत्वपूर्ण : मन्त्री पोखरेल

काठमाडौं, चैत्र २४ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेले बलिदानको आन्दोलनमा स्वास्थ्यकर्मीको भूमिका महत्वपूर्ण भएको बताएका छन् ।

राज्यले अभिलम्वन गर्न खाजेको समाजवादी क्रान्तिमा स्वास्थ्यकर्मी खोज्नु पर्ने बताए ।  स्वास्थ्य क्षेत्रमा पश्चिमी चिकित्सा बुझ्ने परम्परा छ । तर नेपालको हिमाल, पहाड र तराईको भुभागको अवस्था हेर्दा हेरेर नेपाली पद्धतिको विकास स्वास्थ्य सेवाको विकास गर्न जरूरी रहेको मन्त्री पोखरेलको भनाइ छ ।

भर्खरै संसदबाट पारित भएको चिकित्सा विधेयकलाई प्रतिस्थापन गर्न विधेयक ल्याउने तयारी भएको छ । यसमा ठूलो बहस हुने देखिन्छ । हामीले ल्याएका कैयन नयाँ र राम्रा कार्यक्रमको सही प्रचार गर्न सकेनौ । जसले गर्दा हामीले लक्षित वर्गलाई सेवा र राहत दिन सकेनौं ।

हामीले ल्याएको निशुल्क स्वास्थ्यदेखि सामाजिक न्यायमा आधारित बीमा कार्यक्रमको अरुले स्वामित्व लिए । तर यसलाई हामीले प्रचार र पूर्ण रुपमा लागु गर्ने समय पाएनौं ।

यी र यस्ता विषमा पनि स्वास्थ्यकर्मी संघले आज को एकता भेलामा छलफल आवश्यक गर्न आवश्यक छ । र आमनागरिकलाई सुलभ र सहज रुपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रधान गर्न अग्रसर रहनु पर्छ ।

अब नेपालका लागि चिकित्सा क्षेत्रमा के कति जनशक्ति आवश्यक छ भन्ने आधारमा चिकित्सा शिक्षामा कुन कोर्ष कसरी र कति आवश्यक छ त्यही आधारमा के कति जनशक्तिको व्यवस्थापन गर्न मन्त्रालय तयार छ ।

नयाँ परिस्थितिमा सबै कुरामा परिवर्तन आवश्यक छ । सोही अनुरुप अब सीटीभीइटी पनि हिजोको जस्तो रहदैन । विकास र सम्बद्धिको यात्रामा अव हिजोको जस्तो सस्ता पसल खोलेर बजारमा बेरोजगार उत्पादन गर्ने शैक्षिक संस्था मान्य हुने छैनन् ।

राज्य र जनचाहाना अनुसार शैक्षिक संस्था र तालिम कैन्द्रका व्यवस्था गरिने छ । अहिले मुलुकमा ९३ प्रतिशत सामान्य शिक्षा र ७ प्रतिशत प्राविधिक शिक्षा छ । अब ७० प्रतिशत प्राविधिक शिक्षा लागु गर्ने दिशामा हामी जुट्ने छौं ।

अब हिजो जस्ता व्यापार गरेर सञ्चालक मालिक बन्ने तर विद्यार्थी बेरोजगार बन्ने होइन रोजगारी दिने शिक्षा आवश्यक छ । र सरकार र मन्त्रालय यस दिशामा सक्रिय रुपमा लाग्ने छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!