गृहमन्त्री बादलले भने– ‘विप्लवका गतिविधि अतिवादी

चितवन । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लाई अतिवादीको संज्ञा दिएका छन् ।

शनिबार चितवनमा प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालले आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री बादलले भने– ‘संविधान विपरीत गतिविधि गर्नु अतिवाद हो, यस्ता अतिवादी कृयाकलाप रोक्न सरकारले विशेष अभियान संचालन गर्ने छ।’

साथै गृहमन्त्री बादलले विप्लवलाई राजनीतिक मुद्दा बनाएर अघि बढ्न आग्रह गरे । जनप्रतिनिधिको राजिनामा माग्नु गैर–राजनीतिक भएको उनको भनाई छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!