बिहान ९ बजे हुने भनिएकाे डीपीएल क्रिकेट पानीले प्रभावित

२४ चैत, धनगढी । गएराति हावाहुरीसहित ठूलो पानी परेकाले धनगढी प्रिमियर लीग (डिपीएल) क्रिकेटमा शनिबार हुने खेल प्रभावित भएकाे छ । बिहान ९ बजे निर्धारित पहिलाे खेल २ घण्टापछि सरेकाे छ ।

मैदानमा बनाइएका स्टेज हुरी र पानीले भत्किएका छन् । मैदान पनि पूरै भिजेको छ । अहिले पनि धनगढीमा डम्म बादल लागेको छ ।

शनिबार डीपीएलमा दुई खेल हुँदैछन् । महेन्द्रनगर युनाइटेड र सीवाईसी अत्तरीयाबीच हुने पहिलाे खेल बिहान ११ बजेलार्इ सारिएकाे छ । दोस्रो खेलमा टिम चौराहा धनगढी र रुपन्देही च्यालेन्जर्स आमने सामने हुनेछन् ।

सीवाईसी अत्तरीया र टिम चौराहालाई आजको खेल जित्नै पर्ने दबाव छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!