त्रिकोणात्मक प्रेमकथा आधारित ‘तिमीले माया गयाै’ गीतकाे म्यूजिक भिडियाे सार्वजनिक

काठमाडौं । गायक तथा संगीतकार तुला पर्वतले थालेको नयाँ काम हो म्यूजिक भिडियो निर्देशन ।

गायक तथा संगीतकारका रुपमा स्थापित भइसकेका तुला पर्वत निर्देशनमा पनि गज्जबसँग जम्न थालेको उनको हालै सार्वजनिक भिडियोले पुष्टि गरेको छ ।

झलेन्द्र शर्माका उत्कृष्ट शब्द श्रृजनामा तयार भएको गीतमा मोडलद्वय श्रीषा कुँवर र विनोद न्यौपाले र राज केपी जिवन्त अभिनय गरेका छन् ।

श्रीषा पछिल्लो समयकी चर्चित गायिका ताथ मोडल हुन् भने बिनोद म्यूजिक भिडियो हुँदै चलचित्रमा समेत जम्न लागेका नायक हुन् ।

नायिका केकी अधिकारीले निर्माण नेपाली चलचित्र ‘कोहलपुर एक्सप्रेस’ मा अभिनय गरेपछि उनी चर्चामा आएका छन् । जुन चलचित्र प्रर्दशनमा आउने तयारीमा रहेको छ ।

भिडियोले पछिल्लो पुस्ताको माया प्रेममा हुने धोका र पिडालाई नजिकबाट केलाउन निर्देशक तुला सफल देखिन्छन् ।

पोखरा आसपासका क्षेत्रमा खिचिएको गीत अत्यन्तै लोकप्रिय बन्नेमा तुला ढुक्क छन् ।

गीतमा पुष्कर सुनुवारको एरेन्ज रहेको छ भने छायांकन अर्जुन सापकोटाले गरेका हुन् । मोती कार्कीले सम्पादन गरेको भिडियोलाई वाइड स्क्रिन मिडियाले बजारमा ल्याएको हो ।

हेर्नुहाेस् भिडियाे-

कमेन्ट गर्नुहोस्

error: Content is protected !!