मलेसियामा चलचित्र ‘रेस’ को च्यारिटी शो गर्ने तयारी पूरा

मलेसिया । आदिवासी जनजाती महासंघ राष्ट्रिय समन्वय समिति मलेसियाको प्रमुख आयोजनामा गर्ने भनेको नेपाली चलचित्र ‘रेस’ को ‘च्यारिटी सो’ को तयारी पूरा भइसकेको छ।

बेरोजगार युवा, युवतीहरुको जीवनकथामा आधारित, लभ स्टोरी, हाँस्य–व्यंग्य, त्रिकोणात्मक प्रेमकथामा आधारित र एक्सनले भरपुर नेपाली चलचित्र ‘रेस’ को ‘च्यारिटी शो’ आयोजना सफल पार्नको निम्ति नेपालबाट यस चलचित्रका निर्देशक किशोर सुब्बा बिहीवार मलेसिया आइपुगेको आयोजक संस्थाका अध्यक्ष पीटी शेर्पा पिनासाले जानकारी गराउनुभयो ।

करीब दुई घण्टा लामो यस चलचित्रमा नीता ढुंगाना, पुष्पा लिम्बू, जियान, किरण केसी (राता मकै), सुलेमान शङ्कर ( ईकु), रविन्द्र खड्का, रविन लिवाङ, सुवास गजुरेल लगायतको जोडदार अभिनय रहेको बताइएको छ । हस्त लिम्बू, विशाल थेवे, हेमन्त गौतम, चन्द्र लिम्बू, राज सेम्बुको निर्माण तथा प्रस्तुति रहेको यस चलचित्रको सह–निर्माताहरुमा पासाङ ह्योल्मो, रवि गुरुङ, पदम चोङ्गवाङ्ग रहेका छन् ।

यस चलचित्र ‘रेस’ को गीतहरुमा प्रसिद्ध गायक उदितनारायण झा, अञ्जु पन्त, सुजाता उपाध्याय, दिपराज नेयोङहाङ, सजित तामाङ, ममिला लामाको स्वर रहेका छन ।

यस चलचित्रको ‘च्यारिटी शो’ आयोजना गर्नुको मुख्य उद्देश्य आदिवासी जनजाती महासंघ मलेसियाको सहायताले मलेसियामा विभिन्न कारणले समस्यामा परेका पीडितहरुलाइ सक्दो उद्धार, साथ र सहयोग गर्न सजिलो होस् भनेर हो ।

साथै नेपाली चलचित्रलाई प्रदेशको ठाउँमा प्रदर्शन गरेर समेत चिनाउनको निम्ति र नेपाली चलचित्र उद्योगमा केही आर्थिक सहायता पुगोस् भनेर यो ‘च्यारिटी शो’ मलेसियाको विभिन्न मुख्य सहरहरूमा आयोजना गर्न लागेको महासंघका उपाध्यक्ष तथा सञ्चार विभाग संयोजक समेत रहेका आर एन चौधरी थारुले बताए।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!