बजारमा सुनको मूल्य कतिले बढ्यो ?

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य एक सय रुपैयाँले वृद्धि भएको छ ।

बिहीबार नेपाली बजारमा सुनको मूल्य ५८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो भने शुक्रबार बढेर सुनको मूल्य ५७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, चाँदीको मूल्य भने यथावत नै रहेको छ ।

बिहीबार बजारमा चाँदीको मूल्य ७ सय ४० रुपैयाँमा कारोबार भएकोमा शुक्रबार भने चाँदीको मूल्यमा कुनै परिवर्तन भएको छैन । सोही मूल्यमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!