मुडुला कार्कीहरुको साझा वंशावली विमोचन

महोतरी । सिन्धुली, सर्लाही, महोतरी,धनुषा,रौतहट,रामेछाप र उदयपुर जिल्लाका विभिन्न स्थानमा बसोवास गर्ने मुडुला कार्कीहरुको साझा वंशावली सन्तान प्रकाशन भै एक समारोहका बीच विमोचन गरिएको छ ।

मुडुला कार्की कुलायन व्यवस्था समिति नेपाल मध्यमाञ्चल क्षेत्रीय समिति हरिवन सर्लाहीका कार्यवाहक अध्यक्ष चित्रबहादुर कार्कीको सभापतित्वमा संचालित सो कार्यक्रममा सो सस्थाका केन्द्रीय अध्यक्ष कैलाश कार्की र पुर्व महान्यायाधिवक्ता बद्रीबहादुर कार्कीले संयुक्तरुपमा सन्तान वंशावलीको विमोचन गर्नुभएको थियो ।

सो अवसरमा वंशावली प्रकाशनमा महत्वपूर्ण योगदान पुर्याउनु हुने धनुषाका चित्रबहादुर कार्की, सर्लाहीका रामबहादुर कार्की र सन्तानका सम्पादक शंकर कार्कीलाई सम्मानपत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा मुडुला कार्की कुलायन व्यवस्था समिति नेपाल केन्द्रीय समितिका सचिव रुद्रबहादुर कार्की, सदस्य शेरबहादुर कार्की, बर्दिबास नगरपालिकाका प्रमुख विदुर कुमार कार्की, मिथिला नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार कार्कीको समेत सहभागिता रहेको थियो ।

मुडुलाकार्की कुलायन व्यवस्था समिति नेपाल मध्यमान्चल क्षेत्रीय समितिले बिक्री वितरण गर्ने सन्तान वंशावलीमा सो क्षेत्रका करिव दुई हजार घर परिवारको विवरण र वंशावली समेटिएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!