प्रदेश ३ का भौतिक पूर्वाधार मन्त्री स्थापितको घरमा चोरी

काठमाडौं, चैत्र २३ । प्रदेश ३ का भौतिक पूर्वाधार मन्त्री केशव स्थापितको घरबाट गरगहनासहित लत्ताकपडा चोरी भएको छ ।

शुक्रबार अपरान्ह मन्त्री स्थापितको बौद्ध महाँकालस्थित घरमा घरमा कोही नभएको मौका छोपेर ताला फोडेर पसेका चोरले गरगहनासहित लत्ता कपडा पनि लगेको घटनाको अनुसन्धान गर्न पुगेका प्रहरी निरीक्षक कुमार पण्डित क्षेत्रीले जानकारी दिए ।

चोरीको घटनाको अनुसन्धानका क्रममा एकजनालाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको बताइएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!