‘पोर्नस्टार’ अर्चना पनेरुका पति अमेरिकन नागरिक पक्राउ

काठमाडौं । ‘पोर्नस्टार’ अर्चना पनेरुका पति अमेरिकन नागरिक उल्फ प्राइस पक्राउ परेका छन् । अश्लील कार्यमा संग्लन रहेको आरोपमा प्राइसलाई काठमाडौं प्रहरीले पक्राउ गरेको हो ।

उल्फले बलम्बुमा एक घर भाडामा लिएर खुलेआम अश्लील कार्य गर्दै आएपछि स्थानीयको उजुरीपछि उनी पक्राउ परेका छन् । उनीसँगै केही मात्रामा गाँजा, सयौं थान कण्डमलगायत यौनजन्य सामग्री बरामद भएको प्रहरीले जनाएको छ ।

उनले आफूले भाडामा लिएको घरमा युवती ल्याउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनले आफू समाजसेवी भएको भन्दै १५ वर्षमुनिका ३ जना बालकलाई त्यही घरमा राखेका थिए ।

प्रहरीले उल्फलाई प्रहरी परिसर टेकुमा राखेर थप अनुसन्धान गरिरहेको डिएसपी मोहन थापाले बताए । अर्चना पनेरुले भने केही दिनअघि सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफूले विवाह नगरेको दाबी गरेकी थिइन् ।

उनले आफू एक्लै भएको र विवाह भनेर यसअघि उल्फसँग सार्वजनिक गरिएको तस्वीर प्रेम दिवसका लागि त्यत्तिकै खिचिएको लेखेकी थिइन् ।

त्यसअघि केही समयअघि उनले उल्फसँग विवाह गरेको भन्दै फेसबुकमा नै जोडीको फोटो पोस्ट गरेकी थिइन् । बाह्खरीबाट

कमेन्ट गर्नुहोस्

error: Content is protected !!