एक्कै दिन ३० सचिवको सरुवा, काे कुन मन्त्रालय पुगें

काठमाडौं, चैत्र २३ । सरकारले मंगलबार तीस सचिवको सरुवा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली भारतमा जानु अघि सरकारले एक्कै दिन ३० जना सचिवको जिम्मेवारी हेरफेर गरेको हो ।

सरकारको यो निर्णयसँगै गृह मन्त्रालयको सचिवमा प्रेमकुमार राई, अर्थमा राजन खनाल, रक्षामा विष्णुप्रसाद लम्साल र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा महेश्वर न्यौपानेलाई सरुवा गरिएको छ ।

त्यसैगरी, मोहनकृष्ण सापकोटालाई युवा तथा खेलकुद मन्त्रालयमा पठाईएको छ । रक्षाका विनोद केसीलाई राष्ट्रपति कार्यालयमा पठाईएको छ । यसअघि राई प्रधानमन्त्री कार्यालय, लम्साल राष्ट्रिय योजना आयोग, खनाल अख्तियार र न्यौपाने सार्वजनिक खरिद अनुगमन कार्यालयमा कार्यरत हुनुहुन्यो ।

अर्थमन्त्रालयमा कार्यरत शंकर अधिकारीलाई उपराष्ट्रपतिको कार्यालय, उपराष्ट्रपति कार्यालयमा कार्यरत लालशंकर घिमिरेलाई प्रधानमन्त्रीको कार्यालयमा सरुवा गरिएको छ । सञ्चारमा महेन्द्रमान गुरुङ, श्रम तथा रोजगार मन्त्रालमा महेश दाहाल, शिक्षामा खगराज बराल, भौतिक पूर्वाधार तथा यातायातमा मधुसुदन अधिकारी, वनमा विश्वराज ओली तथा काठमाडौं महानगरपालिकामा यादवप्रसाद कोइरालाको सरुवा भएको छ ।

त्यस्तै, श्रम तथा रोजगारका लक्ष्मण मैनालीलाई प्रधानमन्त्री कार्यालय, भौतीक पूर्वाधार तथा यातायातका देवेन्द्र कार्कीलाई नेपाल ट्रष्टको कार्यालयमा, नेपाल ट्रष्ट कार्यालयका अर्जुनकुमार कार्कीलाई पुर्ननिर्माण प्राधिकरणमा सरुवा गरिएको छ । अनिल ठाकुरलाई महिला आयोग, सूचना आयोगमा भूपेन्द्रप्रसाद पौडेललाई सरुवा गरिएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!