नागरिकलाई सर्वसुलभ र गुणस्तरीय सेवा प्रदान मेरो लक्ष्य हो : राज्यमन्त्री अर्याल

काठमाडौं, चैत्र २३ । स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले स्वास्थ्य क्षेत्रको विकृति र विसंगति हटाएर नागरिकलाई सर्वसुलभ र गुणस्तरीय सेवा प्रदान आफ्नो एक मात्रै लक्ष्य रहेको बताएकी छन् ।

शुक्रबार मन्त्रालयमा स्वास्थ्य क्षेत्रका विज्ञसँग छलफल गर्दै मन्त्री अर्यालले भनिन्, ‘धेरै मानिसले उपचारका लागि लामो पर्खनु पर्ने अवस्था रहेको मैले बुझेको छु । अब अन्त्य हुनेछ ।’

उनले उपचारको लागि लामो समय कुर्नु पर्ने अवस्थाको अन्त्य गर्ने पनि बताइन । राज्यमन्त्री अर्याल शल्यक्रिया छिटो गर्ने परिपार्टी बसाल्ने बताइन ।

जिल्ला र अञ्चल अस्पतालको विशेष ब्यवस्थापन गर्ने, दरबन्दी अनुसार चिकित्सक पुर्याउने जस्ता काम मन्त्रालयले प्राथमिकता तोकेको राज्यमन्त्री अर्याल बताइन ।

छलफलमा विज्ञहरुले स्वास्थ्य क्षेत्रलाई माफियाकरण र ब्यापारिकरणबाट जोगाउदै सेवामुलक बनाउन आग्रह गरेका छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!