सम्मानजनक एकता नभए बहिस्कार गर्ने वाइसीएलकाे घाेषणा

बुटवल । बुटवलमा जारी वाइसीएल नेपालको ५ नम्बर प्रदेशको बैठक तथा प्रशिक्षणलाई सम्बोधन गर्ने क्रममा नेकपा एमालेसँग हुने पार्टी एकता सम्मानजनक नभए नेकपा माअोवादी केन्द्रको युवा संगठन वाइसीएलले अस्वीकार गर्ने संगठनका महासचिव सुवोधराज शेर्पालीले बताएका छन् ।

उनले भने-५०/५० कै बराबरीमा एकता हुनुपर्ने पक्षमा वाइसीएल रहेको र त्यसैको लागि आफुहरु बैचारिक राजनीतिक रुपमा समेत बहस संघर्ष गर्दै लाग्नुपर्नेमा सबैलार्इ ध्यान दिन नेता कार्यकर्तालाई आव्हान गरे ।

वाइसीएल सधैं जनजिविका, राष्ट्रिय स्वाधिनता र राष्ट्रियताको सवालमा लडदै आएको हुनाले राष्ट्रियताको एजेन्डामा कुनै पनि हालतमा अबिचलित भइ अघि बढ्न जिल्लाका पदाधिकारी भन्दा माथिका कार्यकर्तालाई निर्देशन महासचिव शेर्पालीले निर्देशन दिए ।

शेर्पालीले भने ‘अब वाइसीएलको भुमिका बदलिएको छ हामी जनताको सुख दुखको साथी बनेर जनताको बिचमा जानुपर्ने कुरामा ध्यान केन्द्रीत गर्न जरूरी छ ।

वाइसीएल ५ नम्बर प्रदेशको कार्यक्रममा पुर्व वाइसीएल केन्द्रीय सचिव निर्मल जि.सी, वाइसीएल प्रदेश फ्र्याक्सन इन्चार्ज रामप्रसाद बन्जाडे पार्टी केन्द्रीय सचिवालय सदस्य वामदेव क्षेत्रीले सम्बोधन गरेका छन् ।

कार्यक्रममा ५ नम्बर प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले युवाहरुको माझमा प्रशिक्षण दिए । त्यस्तै वाइसीएल फ्र्याक्सन इन्चार्ज तथा पार्टीको ५ नम्बर प्रदेश इन्चार्ज मणि थापाले प्रशिक्षण दिएको वाइसीएल नेपाल ५ नम्बर प्रदेश अध्यक्ष जितेन्द्र पुनले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!