दिल्लि पुगेका प्रधानमन्त्री अाेलीले अाजै नेपाली समुदायसँग अन्तरक्रिया गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीलाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा गृहमन्त्री राजनाथ सिंहले स्वागत गरेका छन् ।

भाजपा पूर्वअध्यक्ष समेत रहेका गृहमन्त्री सिंह ओली सवार नेपाल एयरलाइन्सको जहाज ओर्लिनुभन्दा केही समय अघि नै विमानस्थल आइसकेका थिए ।

प्रधानमन्त्री ओली भारतको तीनदिने राजकीय भ्रमणमा छन् । प्रधानमन्त्री ओली शुक्रबार विहान ५४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारत प्रस्थान गरेका हुन् ।

प्रधानमन्त्री ओलीले शनिबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्रीको कार्यक्रम

चैत २३ शुक्रवार

० विहान पौने ११ बजे दिल्ली अवतरण

० पौने १ बजे होटल ताज प्यालेसमा इन्डिया नेपाल विजनेस समिटमा सहभागी

० साँझ सवा ५ बजे नेपाली दुताबसामा नेपाली समुदायसँग अन्तरक्रिया

० साँझ ६ः३० मा प्रधानमन्त्री मोदीसँग उनको निवास ७ लोक कल्याण मार्गमा भेटवार्ता

० नेपाली दुताबासद्धारा होटल इम्पेरियलमा आयोजित रात्रीभोजमा सहभागी

चैत २४ गते शनिवार

० विहान ९ बजे राष्टपति भवनमा गार्ड अफ अनरसहित सेरेमोनियल रिसेप्सन

० साँढे ९ बजे राष्टपति रामनाथ कोविन्दसँग शिष्टाचार भेट

० सवा १० बजे विदेशमन्त्री सुष्मा स्वराजद्धारा शिष्टाचार भेटवार्ता

० ११ बजे महात्मा गान्धीको समाधीस्थल राजघाटमा द्धिप प्रज्वलन

० साँढे ११ बजे हैदरावाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय भेटवाता

० सवा १२ बजे रिमोटद्धारा वीरगञ्जस्थित एकीकृत जाँचचौकी उद्घाटन र प्रेस ब्रिफिंग

० साँझ ६ बजे उपराष्टपति बैंकया नायडुसँग शिष्टाचार भेट

० साढे ७ बजे गृहमन्त्री राजनाथ सिंहद्धारा शिष्टाचार भेट

० साँझ इन्डिया फाउण्डेशनको कार्यक्रममा सम्बोधन

चैत २५ गते आइतवार

० विहान उत्तराखण्डको ब्रिडर सिड प्रोडक्सन सेन्टर, एकीकृत कृषि परियोजनाको निरिक्षण, १ बजे गान्धी हलमा मानार्थ विद्यावारिधीको प्रमाणपत्रद्धारा सुशोभित हुने,

० दिल्ली हुँदै ६ बजे स्वदेश फिर्ता

कमेन्ट गर्नुहोस्

error: Content is protected !!