सनम शाक्य हत्या प्रकरण: गृहमन्त्री बादलले फिर्ता बोलाए महाशाखा प्रमुखलार्इ

गृहमन्त्रालयले उर्लाबारीका सनम शाक्य हत्या प्रकरणमा मुछिएका महानगरीय अपराध महाशाखा प्रमुख एसएसपी दिवेश लोहनीलाई प्रहरी प्रधान कार्यालयमा हाजिर गराउन बिहीबार पत्राचार गरेको छ।

मन्त्रालयले सहसचिव ईश्वरराज पौडेलको संयोजक्तवमा गठन गरेको अनुसन्धान समितिले लोहनीलाई फिर्ता बोलाउन पत्राचार गरेको हो।

उर्लाबारीका सनम शाक्यलाई साढे ३३ किलो सुन लुकाएको आरोपमा गोरे भन्ने चुडामणि उप्रेतीसहितको समूहले अपहरणपछि कुटपिट गरेर हत्या गरेकाे थियाे। घटनाको जानकारी पाएपछि खटिएको प्रहरीले फागुन १९ मा शबसहित घटनामा संलग्न रहेका टेकराज मल्ल, कृष्ण भन्ने नरेन्द्र कार्की र मोहन काफ्लेलाई पक्राउ गरेको थियो। यस्तै घटनामा प्रयोग भएको बा. १२ च. ५९६३ नम्बरकोे स्कोरपियो गाडी समेत बरामद भएको थियो।

शाक्यका परिवारले घटनाको अनुसन्धानका लागि प्रधानमन्त्री केपी शर्मा ओली, प्रदेश १ का मुख्यमन्त्री शेरधन राई लगायतमा ज्ञापन पत्र बुझाएपछि प्रहरी प्रधान कार्यालयले डिआईजी पुष्कलराज रेग्मीको संयोजक्तवमा छानबिन समिति गठन गरेको थियो। उक्त अनुसन्धान समितिले काम नसक्दै गृहले सहसचिवको नेतृत्वमा छानबिन समिति बनाएको हो। गृहको समितिले अनुसन्धान नसक्दै लोहनीलाई फिर्ता बोलाउन पत्राचार गरेको हो।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!