नेप्से परिसूचक १.९५ प्रतिशतले बढ्यो

काठमाडौं । लामाे सयम लगातार अाेरालाे लागेकाे  नेप्से परिसूचक बिहीबार भने १ दशमलव ९५ प्रतिशत बढेको छ । कारोबार शुरु भएदेखि बढेको बजार अन्त्यसम्म बढेर बन्द भएको छ । २३ दशमलव ९४ अङ्क बढेर १ हजार २ सय ५० दशमलव ३९ विन्दुमा पुगेको छ ।

लामो समयदेखि घटेको बजारले चिन्नित भएका लागनीकर्ता दुई दिनको शेयर कारोबारपछि खुशी भएका छन् । बजार घटिरहँदा लगानीकर्ता सङ्घ र इन्भेष्टर फोरमले बजार सम्बन्धी विभिन्न माग गर्दै आएका छन् । उनीहरुको मागप्रति सरकार सकारत्मक भएपछि बजार बढेको लगानीकर्ता बताँउछन् ।

बिहीवार कारोबार भएका १ सय ६८ कम्पनीको ८ हजार ७ सय ५ पटकको व्यापारमा १५ लाख १४ हजार ३ सय ६९ कित्ता शेयरको रू। ६१ करोड ९३ लाख बराबरको शेयर कारोबार भएको छ । १० समूहको परिसूचकमा व्यापार समूहको परिसूचक स्थिर रहेको छभने बाँकी सबै समूहको परिसूचक बढेको छ । बीमा समूहको परिसूचक ३ दशमलव ११ प्रतिशतले बढेको छ । तिनाउ डभलपमेण्ट बैङ्क लिमिटेडको शेयर मूल्य ९ दशमलव शून्य ४ प्रतिशतले बढेको छ । गुहेश्वरी मर्चेण्ट बैङ्किङ एण्ड फाइनान्सको शेयर मूल्य ५ दशमलव १९ प्रतिशतले घटेको छ ।

कारोबार भएका १ सय ६८ कम्पनीमा १ सय ४३ कम्पनीको शेयर मूल्य बढेको छभने १३ कम्पनीको शेयर मूल्य घटेको छ । साथै, १२ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । आर्थिक अभियान दैनिकबाट

कमेन्ट गर्नुहोस्

error: Content is protected !!