कतारमा गायिका केसी सम्मानित

दोहा, चैत्र २२ । बागलुङ सेवा समाज दोहा कतारले लोकदोहोरी गायिका देविका केसीलाई सम्मान गरेको छ ।

बुधबार नेपाली आगन रेष्टुरेन्टको हलमा आयोजित कार्यक्रममा समाजका अध्यक्ष सागर पौडेल, निवर्तमान अध्यक्ष चन्द्रकान्त शर्मा लगायत नव निर्वाचित कार्य समितिले दोसल्ला ओढाएर केसीलाई सम्मान पत्रसहित सम्मान गरेको छ ।

कार्यक्रममा निवर्तमान अध्यक्ष शर्माले कलकार राष्ट्रिय गहनाको रुपमा रहने बताउदै सम्मान गर्न पाउँदा खुशी लागेको बताए ।

सम्मान ग्रहणवपछि संक्षिप्त सम्बोधन गर्दै , ‘म पनि यो समाजको एक सदस्य हुँ । र मलाई परिवारबाट नै सम्मान पाउँदा धेरै खुशी भएको छ । बागलुङ समाज प्रतिको मेरो माया र आत्मीयता अझै प्रगाढ भएको छ ।’

समाजका अध्यक्ष पौडेलले बागलुङ समाजले राष्ट्रिय कलकार देविका केसी पनि हाम्रो परिवारभित्रको एक सदस्य हुन् भन्दा गर्व महसुस गर्दछौ ।

कतारमा केसी कलकारको रुपमा मात्र नभएर एक समाजसेवीको नामबाट चिन्न सकिने बताउँदै केसीको व्यक्तिगत जिवनको उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रमलाई समाजका सचिव टिका कार्कीले सहजिकरण गरेका थिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!