बलिउड बक्स अफिसमा टाइगरको गर्जन; बागी-टुको कमाइ सय करोड पार

टाइगर श्राफ र दिशा पटानी अभिनित चलचित्र बागी-टुले भारतको घरेलु बक्स अफिसमा धमाकेदार कमाइ गरिराखेको छ ।

यसका साथै दुवै युवा कलाकारहरूले चलचित्र व्यापारका दृष्टिले प्रतिष्ठित मानिएको १०० करोड क्लबमा डेब्यु गरेका छन् ।

वुधवारसम्म लगभग एक सय पाँच करोड भारतीय रुपैयाँ कमाउन सफल बागी-टुलाई सोमवारको भारत बन्दले समेत खासै प्रभाव परेको देखिएको थिएन ।

चलचित्रलाई यो आँकडा छुन छ दिनको समय लागेको छ ।

सिनेमामा दर्शकहरूले टाइगरको एक्सनलाई खुबी मन पराएका छन् । भारतीय सेनाको महिमामंडन गरिएको यस चलचित्रले अचेल भारतमा चल्ने गरेको राष्ट्र भक्तिको थिमलाई राम्ररी क्यास गरेको छ ।

बागी-टु सन् २०१८ मा कमाइको मामलामा सय करोड नाघ्ने तेस्रो चलचित्र हो । यस अघि पद्मावत र सोनु की टीटु कि स्विटीले यो आँकडा पार गरिसकेका छन् ।

 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!