अब नौ दिनमात्र बाँकी ‘नेप्टे’ प्रदर्शनमा आउन (हेर्नुहोस् भिडियो)

छुल्ठिम र रोहितको प्रेममा दया भिलेन

काठमाडौं । नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकार दयाहाङ राई अहिले नेपाली कथानक चलचित्र ‘नेप्टे’ को प्रदर्शनको तयारीका लागि निकै व्यस्त रहेको देखिन्छ ।

कलाकार दयाहाङ चलचित्र प्रचारप्रसारको लागि दौडधुप गर्न नपाएपनि अहिले आफ्नै निर्देशनमा रहने नाटकको दैनिक रिहलसलमा रहेका र छन् यस कारणले पनि म व्यस्त भएको उनले बताए ।

‘नेप्टे’ प्रदर्शनको ९ दिन पहिलो पटक उनी चलचित्र ‘नेप्टे’को लागि मिडियामा सार्वजनिक भएका हुन् । उनले पत्रकारहरुको दोहोरो प्रश्नको जवाफ पनि दिएका थिए । राई यस फिल्म मार्फत नेपाली सिनमा नगरीमा खलनायकको रुपमा देखा पर्ने छन् उनले भने । म जिन्दगीको हरेक पाटो औलाउन सक्छु र यो पनि मेरो कोसिस हो । भिडियोमा उनले सिनेमाको बारे यसो भनेका छन्–

हेर्नुहोस् भिडियो

पोस्टरमा भएको ‘हरियो डलर डलरले बिगार्यो कलर अब पैसा वर्षिने भयो बररर’ बोलको सम्वाद निकै हिट छ र ट्रेलरमा भएको ‘मायामा दाई न साई’ बोलको सम्वाद पनि निकै हिट छ ।

यस चलचित्रको निर्देशक देवकुमार श्रेष्ठले निर्देशन गरेका हुन् । किरण माइकलको पटकथा एवं संवाद रहेको फिल्ममा रोहित आफैंले कथा लेखेका छन् । कलाकार रोहित रुम्बाद्वारा निर्मित ‘नेप्टे’ लाई हरि घले लामाले खिचेका हुन् । फिल्ममा सन्तोष राज, बाबु बोगटी, ओम सुनारको संगीत रहेको छ । कविराज गहतराजको कोरियोग्राफी, तारा थापा ‘किम्भे’ को सम्पादन, रोशन श्रेष्ठको द्वन्द्व रहेको फिल्ममा पूर्णिमा लामा, अरुणा कार्की, प्रनिशा सिलवाल, उत्तम केसी लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।

अभिनेता जयकिशन बस्नेतलाई फिल्ममा केमियो गर्दै गरेको देख्न सकिने छ । फिल्ममा छुल्ठिम र रोहितको प्रेममा दया भिलेन बनेका छन् । ट्रेलरमा उनले बोलेका केही संवादले फिल्मप्रति दर्शकमा झनै उत्सुकता जगाइदिएको छ।

‘म रिल लाईफमा खलनायक हुँ र नेप्टे मेरो कोसिस हो निकै राम्रो भएको छ’

कमेन्ट गर्नुहोस्

error: Content is protected !!