रहबर अन्सारीले गराए चार सय कार्यकर्ता माओवादीमा प्रवेश

काठमाडौं । चर्चित युवा नेता तथा वीरगञ्ज महानगरका मेयरका प्रत्यासी रहबर अन्सारीले ४०० कार्यकर्ता माओवादीमा प्रवेश गराएका छन् ।

बुधबार वीरगञ्जको छप्कैयामा आयोजित कार्यक्रममा अन्सारीले ४०० कार्यकर्ता माओवादीमा प्रवेश गराएका हुन् । उनले नेपाली कांग्रेस र संघीय समाजवादी फोरमका नेता–कार्यकर्तालाई माओवादीमा प्रवेश गराएका हुन् ।

विभिन्न पार्टी परित्याग गरेका कार्यकर्तालाई माओवादीमा प्रवेश गराउँदै युवानेता अन्सारीले भने– ‘मुलूक निर्माणको अभियानमा जोडिन लाग्नुभएकोमा तपाईहरुलाई हृदयदेखि स्वागत गर्दछु । बिरामी समाज र राष्ट्रको उपचार गर्ने वास्तविक हैसियत वाम सरकारले राख्दछ’, अन्सारीले थपे, ‘२ नम्बर प्रदेशमा वामपन्थीको जित हुन नसक्नु जनताको हार हो । देशमा स्थिरता, विकास र समृद्धिका लागि वाम शक्तिलाई बलियो बनाउँ ।’

कार्यक्रममा कांग्रेस र फोरमबाट माओवादी प्रवेश गरेका नेताहरुले नेपालमा एउटै कम्युनिष्ट केन्द्र निर्माण र समृद्धिका लागि आफूहरु माओवादीमा आएको बताए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!