ताजा अपडेटः नेप्सेमा शेयर कारोबार सुरु भएको आधा घण्टामै १,२४२.६३ विन्दुमा

काठमाडौं । साताको अन्तिम दिन नेप्से कारोबार भएको एकघण्टाको अवधिमा १ सय २६ कम्पनीको रू‍. १२ करोड २० लाख बराबरको शेयर कारोबार भएको छ । यसदिन अरु दिनको तुलनामा कारोबार रकम बढेको छ ।

कारोबार शुरु भएदेखि बढेको बजार आधा घण्टामा १ हजार २ सय ४२ दशमलव ६३ विन्दुमा पुगेको थियो एक घण्टासम्म पुग्दा १ दशमलव ६१ प्रतिशत अङ्क घटेर १ हजार २ सय २८ दशमलव शून्य ६ विन्दुमा पुगेको छ । नेप्से परिसूचक शून्य दशमलव १३ प्रतिशत बढेको छ । यस समय अवधिमा नेप्से बढेर १ दशमलव २८ प्रतिशतसम्म पुगेको थियो ।

कारोबार भएका आठ समूहको परिसूचकमा तिन समूहको परिसूचक बढेको छभने पाँच समूहको परिसूचक घटेको छ । अार्थिक अभियान दैनिकबाट

कमेन्ट गर्नुहोस्

error: Content is protected !!