कसले रोक्ने ज्ञवालीको ठगीधन्दा ?

काठमाडौँ । नयाँ बानेश्वरस्थित जि–शपका मालिक ध्रुव ज्ञवालीले सरकार, ग्राहक र कामदारलाई ठगी गर्दै आइरहेको खुलासा भएको छ ।

ब्राण्डेड सामग्री बिक्रीका नाममा उनले ग्राहकलाई ठगी गर्दै आएका छन् भने बिक्री भएका सामानको ग्राहकहरुलाई भ्याट बिल नदिने, पसल भाडा न्यूनतम देखाई राजश्व छल्ने गरेको एक कामदारले बताए ।

जि–शपका कामदारका अनुसार पसल सञ्चालक ज्ञवालीले कामदारलाई सरकारले तोकेबमोजिमको न्यूनतम पारिश्रमिक समेत दिएका छैनन् । आफूलाई धार्मिक प्रवृत्तिको देखाउन रुचाउने ज्ञवालीले देशको राजधानीमै बसेर लुट मच्याइरहँदा समेत सम्बन्धित निकायको कुनै ध्यान नपुगेकोमा उक्त पसलका कामदार चिन्ता व्यक्त गर्छन् ।

जि–शपका सञ्चालक ज्ञवालीले यसरी देशको मुटुमै बसेर लुटको धन्दा चलाइरहँदा सम्बन्धित निकायको ध्यान नपुग्नु लाजमर्दो भएको भन्दै उक्त पसलका एक कामदारले निकट भविष्यमै स–प्रमाण सम्बन्धित निकायमा उजुरी गर्ने समेत बताए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!