महानिर्देशकलार्इ हाजिर गर्न निर्देशकले रोकेपछि

काठमाडौँ, २२ चैत- सुन्दा अचम्म लाग्छ, तल्लो तहको कर्मचारीले माथिल्लो तहको कर्मचारीलाई हाजिर गर्न रोक लगाउँछ भनेर ।

तर, स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक भएर करिब एक वर्ष देशभरका करिब ३२ हजार स्वास्थ्यकर्मीको प्रमुख बनिसकेका डा. राजेन्द्रप्रसाद पन्तले बुधबार निकै सास्ती खेप्नुप-यो । पछिल्लो समयमा निकै विवादित राष्ट्रिय क्षयरोग केन्द्र थिमिमा काज फिर्ता भई हाजिर हुन गएका डा. पन्तलाई उनीभन्दा एक तहमुनिका निमित्त निर्देशकले हाजिर गर्न नदिएपछि उनी स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुगे ।

केन्द्रका निर्देशक डा. केदारनरसिंह केसी उमेर हदका कारण मंगलबारदेखि सेवा निवृत्त भएपछि डा. पन्त बुधबार एकाएक राष्ट्रिय क्षयरोग केन्द्रमा ‘निर्देशक’ बन्न पुगेका थिए । उनी केन्द्रमा २०७०÷७१ सालताका निर्देशक थिए । निर्देशक डा. केसी सेवा निवृत्त भएको भोलिपल्टदेखि कानुनतः वरिष्ठताको आधारमा केन्द्रका १०औं तहका वरिष्ठ कन्सल्ट्यान्ट चेस्ट फिसिजसियन डा. मोहन प्रसार्इं निमित्त निर्देशक बने । तर, केन्द्रका ३ वर्षअघिका निर्देशक डा. पन्त एकाएक केन्द्रमा ‘आफैं निर्देशक भएको’ भन्दै सिधंै निर्देशक बस्ने कोठामा छिरेर केही बेर बसेका थिए । तर, निमित्त निर्देशक डा. प्रसाईंले केन्द्रको हाजिरकापी आफ्नो कार्यकक्षमा राखेका कारण डा. पन्तले हाजिर गर्न पाएनन । केन्द्रमा डा. प्रसाईं वरिष्ठताका आधारमा स्वतः निमित्त निर्देशक र डा. पन्त स्वघोषित निर्देशक बनेर आएका कारण एकै समयमा दुईजना निर्देशक भेटेपछि केन्द्रका कर्मचारी भने कसलाई ‘हाकिम’ मान्ने भनेर अलमलिएका थिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!