राजपा निर्णय : अब पार्टीको महाधिवेशनको तयारी गर्न

काठमाडौं– राष्ट्रिय जनता पार्टी, नेपालले आगामी बैशाख ८ गते पार्टीको राजनीतिक समितिको बैठक बोलाएको छ ।

बुधबार बसेको पार्टी अध्यक्ष मण्डल बैठकले बैशाख ८ गते पार्टीको राजनीतिक समितिको बैठक बोलाउने निर्णय गरेको हो । पार्टीको महाधिवेशनको तयारी गर्न राजनीतिक समितिको बैठक बोलाउने निर्णय गरिएको नेता अनिल झाले जानकारी दिए ।

पार्टीले विहिबारबाट पार्टीको संसदीय दलको विधानबारे औपचारिक छलफल गर्ने निर्णय पनि गरेको छ ।

पार्टी संसदीय दलको विहिबारबाट बस्ने बैठकमा दलको विधान, नियमावलीलगायतका विषयमा छलफल गर्ने एजेन्डा पनि तय गरिएको नेता झाले बताए ।

राष्ट्रिय जनता पार्टी, नेपालले पार्टी प्रदेश सभा संसदीय दललाई पनि आवश्यक निर्देशन दिने तयारी गरेको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!