खानेपानी मन्त्री बिना मगरद्वारा लिङ्गा क्षेत्रको भ्रमण

बेदकोट । खानेपानी मन्त्री बिना मगरले बेदकोट नगरपालिकास्थित पर्यटकीय स्थल लिङ्गा क्षेत्रको भ्रमण गर्नुभएको छ ।

आन्तरिक पर्यटनको केन्द्र बनेको लिङ्गा क्षेत्रको अवलोकन गर्नुहुँदै मन्त्री मगरले पर्यटकीय क्षेत्रको विकासका लागि पहल गर्ने बताउनुभयो ।

मन्त्री मगरलाई बेदकोट नगरपालिकाका जनप्रतिनिधिले लिङ्गा क्षेत्रको एतिहासिक महत्वबारे जानकारी गराउनुभएको थियो । बेदकोट नगरपालिकाले लिङ्गा क्षेत्रको विकासका लागि भौतिक संरचना निर्माण कार्य गरिरहेको छ ।

बेदकोट नगरपालिका भ्रमणका क्रममा बेदकोट उद्योग वाणिज्य संघले छेला औद्योगिक क्षेत्रको स्थापनामा पहल गर्न आग्रह गरेको छ ।

संघका अध्यक्ष शंकरबहादुर चन्दले वन मन्त्रालयमा अड्किएको औद्योगिक क्षेत्रको फाइल अगाडि बढाउनका लागि पहल गरिदिन आग्रह गर्नुभयो ।

मन्त्री मगरलाई बेदकोट नगरपालिका कार्यालय र ५ नम्बर वडा कार्यालयले स्वागत कार्यक्रम गरेको थियो । स्वागत कार्यक्रममा मन्त्री मगरलाई ज्ञापनपत्र बुझाउदै विभिन्न माग राखिएका छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!