ब्लु बेल फुटबल क्लब ओराकल रेय स्पोर्टस विजयी

काठमाडौं । चन्द्रागिरि नगरपालिकामा जारी चौथो नेपाललय वेयस्टर्न युनाईटेड क्लब फुटबल प्रतियोगिता अन्तर्गत मंगलबार भएको खेलमा व्लु बेल फुटबल क्लब वाडभञ्ज्याङ्ग र ओराकल रेय स्पोर्टस एकेडेमी नैकाप विजयी भएका छन । पहिलो चरणको खेलमा व्लु बेल फुटबल क्लबले दहचोक ग्रिन टाउनलाई २–० को अन्तरमा पाखा लगाउँदै विजयी भएको हो ।

व्लु बेल फुटबल क्लबका लागि दुई गोल गर्दै रविन कँडेल म्या अफ दि म्याचको उपाधि प्राप्त गरे । दोश्रो चरणको खेलको पहिलो इनिङमा मदन भण्डारी एकेडेमीका लागि विशाल बानियाँले गोल गर्ने सफल भए ।

दोश्रो हाप पश्चात ओराकल रेय स्पोर्टस एकेडेमी नैकापका गोविन्द रिमालले खेललाई बराबरीमा रोके । निधारित समयमा खेल बराबरी पछि खेल पेनाटीमा पुग्यो र ५–४ को अन्तरले मदन भण्डारी एकेडेमीलाई ओराकल रेय स्पोर्टस एकेडेमी नैकाप अन्तिम सडन डेटमा विजयी हुन सफल भएको हो ।

मदन भण्डारी एकेडेमीका लागि आभोरी कोस्टका याङ्गी म्या अफ दि म्याचको उपाधी प्राप्त गरे । उनलाई समाजसेवी तथा राष्ट्रिय जनमोर्चाका युवा नेता रोशन दानीले म्या अफ दि म्याचको उपाधि प्रदान गरेका थिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!