यसरी फेरि घट्यो सुनचाँदीको मूल्य ?

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य दुर्इ सय रुपैयाँले घटेको छ ।

म‌गलबार बजारमा सुनको मूल्य ५८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो भने बुधबार घटेर सुनको मूल्य ५८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

त्यस्तै, चाँदीको मूल्य पाँच रुपैयाँले घटेको छ ।

म‌गलबार बजारमा चाँदीको मूल्य ७ सय ४५ रुपैयाँमा कारोबार भएकोमा बुधबार भने चाँदीको मूल्य ७ सय ४० रुपैयाँमा कारोबार भइरहेको जानकारी दिएका छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!