आफ्नै नातिनी करणी गर्ने हजुरबुवा पक्राउ

पाँचथर, चैत २१ । आफ्नै नातिनीलाई पटक पटक जबरजस्ती करणी गर्ने हजुरबुवालाई पाँचथर प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पाँचथर जिल्लाका ५८ बर्षीय एक पुरुषले आफ्नै सहोदर १२ बर्षिया नातिनीलाई गत ०७४ पौष १ गतेदेखि जबरजस्ती करणी गरी गर्दै आइरेहको भन्ने सूचनाको आधारमा उनलाई पक्राउ गरिएको हो ।

कसैलाई भनेमा मारीदिने धाकधम्की दिई बालिकालाई त्रासमा पारी जबरजस्ती करणी गर्दै आएको भन्ने खबर पाई पिडकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक बामदेव गौतमले बताए ।

कानुनी कारवाहीका लागी सोमबार पक्राउ गरी मंगलबार पाँचथर जिल्ला अदालतबाट जबरजस्ती करणी मुद्दामा म्याद थप गरी अनुसन्धान कार्य भईरहेको उनले बताए ।

पीडित बालिबालाई उद्धार गरी सुरक्षित आवास गृहमा राखिएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!