सुवेदीको निधनमा प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

काठमाडौं, चैत २० । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठकी जीवन संगिनी यशोदा सुवेदीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।

आज उहाँले ट्वीटमार्फत शोकसन्देश जारी गर्दै सुवेदीको निधनप्रति दुःख व्यक्त गर्नुभएको हो । “कलाकार मदनकृष्णको सफल कलायात्रा र समाजसेवाकी अनन्य सहयोगी स्व सुवेदीप्रति श्रद्धाञ्जलि अर्पण गर्दछु”, उहाँले भन्नुभएको छ, ‘शोकमा पर्नुभएका मदनकृष्ण र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’

सतसठ्ठी वर्षीया सुवेदीको सोमबार राति निधन भएको थियो । उहाँ लामो समयदेखि क्यान्सर रोगबाट ग्रसित हुनुहुन्थ्यो ।

याे पनि पढ्नुस  प्रधानमन्त्री ओली पुनः सिंगापुर प्रस्थान

कमेन्ट गर्नुहोस्

error: Content is protected !!