ड्युटीमा रहेका प्रहरीमाथि हातपात गर्ने तीन जना राजधानीबाट पक्राउ

काठमाडौं, चैत २० । राजधानीको ठमेलमा ड्यूटीमा रहेका ट्राफिक प्रहरीमाथि हातपात गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बा १५ च ८९४४ नम्बरको प्राइभेट कार निषेधित क्षेत्रमा पार्किङ गरेर गएपछि प्रहरीले पिछा गरेर ठमेलको सातघुम्तीमा रोकेको थियो । रोकेर सोधपुछ गर्दा कारभित्र रहेका तीन जनाले प्रहरीमाथि नै हातपात गरेका थिए ।

उनीहरुले ड्यूटीमा खटिएका ती प्रहरीलाई करेन्ट लगाइदिने भन्दै गाली–गलोजसहित धम्की दिएर हातपात गरेको प्रहरीले जनाएको छ ।

उनीहरुले प्रहरीलाई हातपात गरेपछि स्थानीयबासिन्दाको सहयोगमा हातपात गर्ने करिस प्रधान, सज्जन भण्डारी र ऋद्धिन्द्र गिरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!