निगमले २ वाइड बडी बोइङ र ६ वटा ट्वीनअटर विमान किन्ने

काठमाडौं, चैत २० । नेपाल वायुसेवा निगमले आन्तरिक र बाह्य उडानका लागि आठवटा विमान खरिद गर्ने भएको छ । आन्तरिक उडानका लागि छ वटा ट्वीनअटर र बाह्य उडानका लागि दुईवटा२ वटा वाइड बडी विमान खरिद गर्न लागेको हो ।

मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी निगमका प्रवन्ध निर्देशक सुगतरत्न कंशाकारले पुराना जहाज प्रतिस्थापन गर्दै नयाँ विमान खरिद गर्न लागिएको जानकारी दिए ।

फान्सको कम्पनीसँग खरिद सम्झौता भएको वाइडबडी विमान आगामी जेठसम्म आइपुग्ने पनि उले बताए ।

अन्तर्राष्ट्रिय र आन्तरिक सेवा दुवैतर्फ विमान थप्दै निगमको आय बढाउदै लैजाने नीति रहेको बताउँदै उनले एयर बस खरिद गर्न प्रक्रिया सुरु गरिसकेको पनि जानकारी गराए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!