तातोपानी नाका सुचारू गर्न पहल नहुनु लज्जास्पद : अग्नी सापकोटा

काठमाडौं, चैत्र २० । नेकपा माओवादी केन्द्रका नेता एवं सांसद अग्नी सापकोटाले चीनसँगको प्रमुख व्यापारिक तातोपानी नाका तत्काल सुचारु गर्ने व्यवस्था मिलाउन सरकारसँग आग्रह गर्नु भएको छ ।

मंगलबार संसद बैठकमा बोल्दै नेता सापकोटाले २०७२ साल वैशाखमा गएको भूकम्पपछि बन्द रहेको तातोपानी नाका सरकारले संचालनका लागि राजनीतिक र कुटनीतिक पहल नगर्नु लज्जास्पद भएको भन्दै उनले तत्काल नाका संचालनमा ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन्।

तातोपानी नाका खुलाउन नसक्दा राजश्व प्रभावित हुनुको साथै सर्वसाधरण प्रभावित भएको भन्दै गम्भीर बन्न सापकोटाले आग्रह गरेका थिए।

त्यसैगरी अरनिको राजमार्ग विस्तारका लागि आएको चिनियाँ सहयोग १४ अर्ब ९४ करोड रुपैयाँ र ड्राईपोट निर्माणका लागि चिनीया पक्षले नै छुटाएको ३ अर्ब रुपैयाँका बारेमा सदनलाई जानकारी गराउन माग गरेका थिए।

सरकारले भूकम्प पीडितमाथि ठुलो मजाक गरेको भन्दै जालझेल, छलछाम नगर्न ध्यानाकर्षण सापकोटाले सरकारलाई सचेत गराएका थिए।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!