भारतमा भिषण आगलागी, दर्जनाैं सिलिण्डर पड्किदाँ १०० घर जलेर नष्ट

काठमाडौं, चैत्र २० । भारतको गाजियावादको इन्दिरापुरममा भिषण आगलागी भएको छ । आगलागीमा कम्तिमा पनि एकसय घर तथा टहराहरु जलेर नष्ट भएका छन् ।

मंगलबार बिहान भएको भिषण आगलागीमा कनावनी क्षेत्र पूरै धुवाँले ढाकिएको थियो । नौवटा बारुणयन्त्र घण्टौंपछि आगो नियन्त्रणमा लिन सफल भएको थियो र

खबरहरुका अनुसार आगो बिहान करीब १० बजे आगलागी भएको थियो । बस्तीमा खाना बनाउने समयमा आगलागी शुरु भएको बताइएको छ । आगलागीमा एक सय भन्दा बढी झुपडीहरु जलेर नष्ट भएका छन् ।

प्रत्यक्षदर्शीका अनुसार एउटा झुपडीबाट आगलागी शुरु भयो र एकपछि अर्को गर्दै करीब ४० वटा खाना पकाउने ग्यास सिलिण्डर पड्किए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!